माछा मार्दा करेन्ट लागेर डोटीका राजुको डडेल्धुरामा प्रणान्त

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा बेहोस अवस्थामा फेला परेका युवकको मृत्युु भएको छ।

आज (मंगलबार) आलिताल गाउँपालिका-८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु बिकको मृत्यु भएको हो।

Amargadhi Education

बिकको घर डोटीको जोरायल गाउँपालिकाका-१ भानाकोट रहेको बुझिएको छ।

अजयमेरु फाैजी केरा

बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जोगबुढा अस्पतालका इन्चार्ज जितेन्द्र चाैधरीले जानकारी दिए।

मृतक बिक ट्याक्टर चालक हुन्।

ईलाका प्रहरी कार्यालय जोगबुढाका इन्सपेक्टर गगनसिंह भाटका अनुसार ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए।

सहचालकले खबर गरेपछि घटनास्थलबाट एम्बुलेन्समा जोगबुढा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेकाे उनले जानकारी दिए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.