नवदुर्गाले ल्यायो ४६ करोड ७६ लाखको बजेट

dream cafe
learnar

डडेल्धुरा : नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड ७६ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको १८औं गाउँसभा अधिवेशनको दोस्रो बैठकमार्फत बजेट प्रस्तुत गरिएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

बजेट वडा नम्बर २ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिलबहादुर बिष्टले प्रस्तुत गरेका हुन्।

गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिँचाइ, कृषि र पशुपालन जस्ता सेवा र उत्पादनमूलक क्षेत्रमा विशेष प्राथमिकता दिइएको जानकारी दिए।

“जनताको आधारभूत आवश्यकता पूरा गर्ने र गाउँपालिकाको समुन्नत विकासमा टेवा पु¥याउने उद्देश्यले बजेट तयार गरिएको हो,” अध्यक्ष अवस्थीले भने।

बजेटमार्फत स्थानिय पूर्वाधार सुदृढीकरण, नागरिक सेवा प्रवाह सुधार, सामाजिक न्याय र समावेशी विकासलाई बल दिइने बताइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.