बोहरा मेडिको सेन्टर

कैलाली कारागारमा प्वाली मृत्यु प्रकरण : सई हरजित नाथ पक्राउ

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजित नाथ पक्राउ परेका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिससिंह प्वालीको  मृत्यु प्रकरणमा सई नाथको नाम जोडिएपछि उनलाई पक्राउ गरिएको हो।

CNA

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)राजकुमार सिंहले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखिएको पुष्टि गरे।

पालीकी श्रीमती जानकी साउँदले कारागारभित्र योजना बनाएर पतिको कुटपिट गरी हत्या गरिएको आरोप लगाउँदै बुधबार कारागार प्रमुख बसन्त बहादुर खत्रीसहित पाँच जनाविरुद्ध जाहेरी दिएकी थिइन्।

तर, प्रहरीले जाहेरी सच्याउन आग्रह गरेपछि बिहीबार पुनः जाहेरी दिंदै सई नाथलाई मात्र प्रतिवादी बनाइएको थियो। जाहेरीपछि प्रहरीले सई नाथलाई नियन्त्रणमा लिएको छ।

Bohora ma 1

त्यसपछि मृतकको परिवार शव बुझ्न तयार भएको बताइएको छ। सेती प्रादेशिक अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइने जनाइएको छ।

नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन्।

नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो।

सोही निर्णय कार्यान्वयन गर्न डडेल्धुरा प्रहरीले अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट पक्राउ गरेको हो।

असार २ गते कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका उनलाई तत्काल सेती प्रादेशिक अस्पताल लगिएको थियो।

तर, उपचारकै क्रममा असार २ गते मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकका परिवारले शरीरभरि निलडाम र चोटपटक रहेको जनाउँदै कुटपिट गरी हत्या गरिएको दाबी गरेका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.