सुदूरपश्चिमका स्वास्थ्यकर्मीलाई वृहत पोषण प्याकेज तालिम

dream cafe
learnar

डडेल्धुरा : पोषण सुधारमा स्वास्थ्यकर्मीको भूमिकालाई सशक्त बनाउने उद्देश्यसहित स्वास्थ्य तालिम केन्द्र धनगढीले डडेल्धुरामा सात दिने वृहत पोषण प्याकेज तालिम सम्पन्न गरेको छ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सहभागी रहेको तालिममा कुपोषणको अवस्था, पोषिलो आहार, व्यवहार परिवर्तन, किशोरीमा रक्तअल्पता, सरसफाइ तथा पोषण सुधारका कार्ययोजनाबारे प्रशिक्षण दिइएको थियो।

Bohora madico

तालिमबारे जानकारी दिँदै स्वास्थ्य तालिम केन्द्र धनगढी, कैलालीका जनस्वास्थ्य अधिकृत भोजराज कलौनीले पोषणको अवस्था सुधारका लागि पूर्व योजना र स्वास्थ्यकर्मीको भूमिकामाथि केन्द्रित रहेर तालिम सञ्चालन गरिएको बताए।

तालिमका प्रशिक्षक मदनराज पाण्डेयका अनुसार सहभागी स्वास्थ्यकर्मीहरू कुपोषणको पहिचान (स्क्रिनिङ) तथा समुदायस्तरमा पोषण सुधारमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

HARDIK AGRo NEw

समापन सत्रमा बोल्दै तालिम केन्द्रका महानिर्देशक नरेन्द्र कार्कीले परम्परागत सोच, जस्तै, सुत्केरी महिलालाई दूध, दही, माछा, मासु वा नुन नदिनु जस्ता अभ्यासले बालबालिकामा कुपोषण बढाउने गरेको बताए।

“बालबालिकाको जीवन रक्षा, स्वास्थ्य र विकासका लागि पोषण एक दरिलो जग हो,” उनले भने, “आहारमा सन्तुलन नहुँदा स्वास्थ्यमा समस्या आउने गरेको छ।”

तालिममार्फत सहभागी स्वास्थ्यकर्मीहरूलाई व्यवहारमै आधारित ज्ञान र सीप प्रदान गरी समुदायस्तरमा पोषण सुधारका कार्यक्रमलाई अघि बढाउने अपेक्षा गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.