बोहरा मेडिको सेन्टर

कैलालीमा ‘तँ’ भनेको निहुँमा सईले महिला कुटे, छानबिन गर्दै प्रहरी

dream cafe
learnar

धनगढी : कैलालीको टीकापुरमा प्रहरी सई यज्ञराज पन्तले ‘तँ’ भनेर सम्बोधन गरेको निहुँमा एक महिलामाथि कुटपिट गरेका छन्।

टीकापुर–७ मा स्कुटी रोकिरहेकी राजकुमारी कुँवर शाहलाई शुक्रबार अपराह्न प्रहरीले हातपात गरेको भिडियो सार्वजनिक भएको छ।

CNA

प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग सामान्य भनाभन भएको केही समयमै सई पन्तले प्रहरी पोसाकमै नरही शाहमाथि हातपात गरेका हुन्।

Bohora ma 1

प्रहरीले उनलाई जबरजस्ती नियन्त्रणमा समेत लिएको देखिन्छ। घटनापछि दुबै पक्षबीच राति छलफल भए पनि पीडित महिला दोषीमाथि कारबाहीको मागमा अडिग छिन्।

कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले दोषी देखिएका सई पन्त र हवल्दार बोहरालाई जिल्ला प्रहरी कार्यालयमा बोलाई छानबिन प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्।

उनले भने, “भिडियो हेर्दा प्रहरीको गल्ती देखिएको छ, विभागीय कारबाही प्रक्रिया अघि बढाइन्छ।”

।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.