यू-१६ सुदूरपश्चिम छनोट : कैलाली च्याम्पियन, डडेल्धुरा एक विकेटले पराजित

dream cafe
learnar

धनगढी : एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौटमा कैलाली विजयी भएको छ।

आज भएको फाइनल खेलमा कैलालीले डडेल्धुरामाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधि हात पारेको हो।

GBL NEW

डडेल्धुराले दिएको १०२ रनको लक्ष्य कैलालीले २५.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो।

आहन थलालले ३२ रन बनाए भने रोशन रावलले अविजित १५ रन जोडे।

डडेल्धुराका सुवेश सिंह रावल, तपेन्द्र बोहरा र टेकराज थलालले समान २/२ विकेट लिए।

यसअघि ब्याटिङ गरेको डडेल्धुरा २२.५ ओभरमा १०१ रनमा समेटियो। सुवेश सिंह रावलले ३० तथा यसकुमार कठायतले २० रन बनाए।

कैलालीका राहुल साउँदले ३ विकेट लिए र उनी ‘प्लेयर अफ द फाइनल’ घोषित भए।

पुरस्कार वितरण धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धिबहादुर खड्कासहित जिल्ला तथा प्रदेश क्रिकेट संघका प्रतिनिधिहरूले गरे।

प्रतियोगितामा सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता थियो।

उत्कृष्ट खेलाडीहरूलाई आगामी जेठ १९ गते सुर्खेतमा हुने राष्ट्रिय छनोट प्रतियोगिताका लागि प्रदेश टोलीमा समावेश गरिनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.