डीआईजी विकको डडेल्धुरा प्रहरीलाई निर्देशन : अपराध न्यूनीकरणमा अग्रसर हुनु

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विकले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको निरीक्षण गर्दै अपराध न्यूनीकरण र नागरिकमैत्री सेवा प्रवाहमा अझ सशक्त बन्न निर्देशन दिएका छन्।

बुधबार निरीक्षण भ्रमणको क्रममा डडेल्धुरा पुगेका डीआईजी विकले कार्यालयको आन्तरिक तथा बाह्य संरचना अवलोकन गर्नुका साथै विभिन्न शाखाबाट सम्पादित कार्य विवरणबारे जानकारी लिएका थिए।

Bohora madico

सो अवसरमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जिल्लाको वर्तमान शान्ति सुरक्षा अवस्थाबारे प्रस्तुति दिएका थिए।

HARDIK AGRo NEw

डीआईजी विकले मन, वचन र कर्मले समर्पित भई जनताको सेवा गर्नुपर्नेमा जोड दिँदै जनताको जीउधनको सुरक्षा, मानव अधिकारको संरक्षण तथा अपराध नियन्त्रणमा प्रहरीले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने निर्देशन दिए।

उनले सभ्य र सुरक्षित समाज निर्माण गर्ने लक्ष्यसहित प्रहरी सेवा सञ्चालन गर्न आग्रह गरे।

निरीक्षणकै क्रममा डीआईजी विकले जिल्लाका विभिन्न सरोकारवालाहरूसँग अन्तक्रिया पनि गरेका थिए।

राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, बुद्धिजीवी, समाजसेवी तथा पत्रकारहरूसँगको छलफलमा सरोकारवालाहरूले प्रहरी प्रशासनलाई लागूऔषध नियन्त्रण र आत्महत्या न्यूनीकरणमा विशेष ध्यान दिन सुझाव दिएका थिए।

डीआईजी विकले यस्ता सरोकार र सुझावहरूलाई कार्यान्वयनको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.