आलुमय बन्दै डडेल्धुराको सुतारीगाउँ

dream cafe
learnar

डडेल्धुरा : गन्यापधुरा गाउँपालिका–२ को सुतारीगाउँमा केही वर्षअघिसम्म बाँझो जमिनको दृश्य सामान्यजस्तै थियो।

बँदेलको आतंक, पानीको अभाव र बजारको पहुँच नहुनुजस्ता समस्याले स्थानीय कृषकहरू खेतीप्रति निराश थिए।

Amargadhi Education

तर, अब परिस्थिति फेरिएको छ, गाउँलेहरू आलुखेतीबाट आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्।

३/४ वर्ष विदेशमा काम गरि फर्कीएका कृषक नरेन्द्र कार्की आजभोलि  आलु खेतीमा रमाएका छन्।

८/१० वर्षदेखि  बाँझो रहेको जमिनमा आलु लगाएको उनी बताउँछन्।

कृषक सीतादेवी कार्की आलुखेती गरेको ६ महिना मात्रै भएको बताउँछिन्।

उनी भन्छिन्, ‘पहिले त धान, कोदो मात्रै लगाउँथ्याैं। खासै प्रगति भएन। अब आलुबाट केही प्रगति हुन्छ कि भन्ने हो।’

पहिले यश क्षेत्रमा जंगली जनावरले आतंक मच्चाएको उनले सुनाइन्।

‘अहिले आलु सुपरजोन, गाउँपालिका र कृषकको संयुक्त लगानीमा घेरबार भएको छ। जसले गर्दा जंगली जनावरबाट आलु जोगाउन सहज छ,’ उनले भनिन्।

यहाँका कृषकको सारथि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (आलु सुपरजोन) बनेको छ।

अजयमेरु फाैजी केरा

कृषक सीतादेवीका अनुसार परियोजनाले आलुको बीउ बिजन, सिँचाइ पोखरी, घेरबार, हाते ट्याक्टर दिएर सहयोग गरेको छ।

गाउँमा गठन गरिएको “सृजनसिल बहुउद्देश्यीय कृषि उपज संकलन केन्द्र तथा  कृषक समुह” अहिले नियमित रूपमा आलु खेती गरिरहेको छ।

समूहले सहकार्यमा मल, बीउ, औजार व्यवस्थापन तथा उत्पादनको बजार व्यवस्थापनसमेत गर्दै आएको छ।

आलु सुपरजोन कार्यक्रमअन्तर्गत खेतको चारैतिर सुरक्षात्मक घेराबार, सिँचाइका लागि पोखरी निर्माण र कृषकलाई तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्की सुतारीगाउँलाई नमुना कृषि गाउँ बनाउने लक्ष्य राखेकाे बताउँछन्।

उनका अनुसार अहिले पालिकाले कृषि तर्फ ध्यान दिइरहेकाे छ। उनले कृषिबाट मात्रै देशको अर्थतन्त्र सुधार हुने भएकोले कृषकको सुखदुःख साट्ने बताउँछन्।

प्रभावकारी कृषक पाठशाला
किसानकै खेतबारीमा गएर आलु उत्पादन  अवधिभर सामूहिक रुपमा किसानहरुलाई सिकाइने कृषक पाठशाला यहाँका किसानमाझ प्रभावकारी बन्दै गएको छ।

कृषिमा अधुनिक खेती प्रणाली भित्रिरहेका बेला सुतारीगाउँका  किसानहरु कृषक पाठशालामार्फत् प्राविधिक ज्ञान बटुलिरहेका छन्।

भूमीदेवली आलु बाली कृषक पाठशालाका  सहजकर्ता पदमबहादुर ऐर  कृषकको खेतबारीमा गएर उनीहरूसँगै  कुटो, कोदालो समातेर  प्राविधिक ज्ञान दिइरहेको बताउँछन्।

उनी भन्छन्, ‘हिउँदमा  किसानलाई आलुबारे खासै ज्ञान थिएन। त्यसैले क्षति भयो। अहिले कृषकले राम्रै ज्ञान बटुलिरहेका छन्।’

कृषक पाठशाला कार्यक्रम राख्दा किसानहरुमा आधुनिक कृषि प्रविधि सम्बन्धी ज्ञान बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.