सात पहाडी जिल्लाको केन्द्र डडेल्धुराको स्याउलेमा ‘रिफ्रेस सेन्टर’

dream cafe
learnar

डडेल्धुरा : लामो दूरीमा यात्रा गर्ने चालक, सहचालक र यात्रुहरूका लागि डडेल्धुराको स्याउलेमा ‘रिफ्रेस सेन्टर’ निर्माण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अगुवाइमा स्थापना गरिएको यस केन्द्रको उद्घाटन आइतबार सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले गरिन्।

Amargadhi Education

स्याउले जस्तो व्यस्त र संवेदनशील सडक खण्डमा यात्रुहरूले विश्राम लिन पाउने सहज सुविधा उपलब्ध गराउने उद्देश्यले प्रहरीको सक्रियतामा यो केन्द्र निर्माण गरिएको प्रहरी नायव उपरीक्षक शुगन्ध श्रेष्ठले जानकारी दिए।

अजयमेरु फाैजी केरा

उनले यो पहल प्रहरीको नियमित सुरक्षाभन्दा बाहिर गएर समाजप्रति उत्तरदायी भूमिकाको उदाहरण भएको बताए।

कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले शान्ति सुरक्षालाई मजबुत बनाउन सबै पक्षको समन्वय आवश्यक रहेको बताइन्।

साथै उनले लागुऔषध दुरुपयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तहलाई पनि उत्तरदायी बन्न आग्रह गरिन्।

उनले प्रहरीलाई एकसय थान लागूऔषध परीक्षण किट हस्तान्तरण गरेकी थिइन्।

सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात सञ्जालको केन्द्रविन्दुमा रहेको स्याउलेमा निर्माण गरिएको यो रिफ्रेस सेन्टर यात्रु सेवाको दृष्टिकोणले मात्र नभई समाजप्रति सुरक्षाकर्मीको जिम्मेवारी र सरोकारलाई समेत उजागर गर्ने नमुना बन्ने विश्वास गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.