मटेलाका कृषकलाई ज्ञान केन्द्रको सहयोग : पोलि हाउसमा टमाटर फलाउने तयारी

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मटेलाका कृषक अब पोलि हाउस भित्र टमाटर फलाउने भएका छन्।

कृषि ज्ञान केन्द्र डडेल्धुराको सहयोगमा यहाँका कृषक पोलि हाउसमा टमाटर फलाउन तम्सिएका हुन्।

Ird

हिजो (शनिबार) ज्ञान केन्द्रले मटेला गाउँका २६ जना कृषकलाई पोलि हाउसका सम्पूर्ण सामग्री हस्तान्तरण गरेको थियो।

मटेला पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको जन्मथलो पनि हो। यहाँका महिलाहरूले निरपाल महिला समूह बनाएर व्यवसायीक कृषिको थालनी गरेका हुन्।

कृषक तुलसी देउवाले आफूहरूले ज्ञान केन्द्रमा पोलि हाउस माग गरेको जानकारी दिइन्। उनले पटकपटकको पहल पश्चात् आफूहरुको माग पूरा गराइदिएकोमा ज्ञान केन्द्रलाई धन्यवाद दिइन्।

HARDIK AGRo NEw

‘सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवालाई गाउँमा आएको समयमा हामीले सहयोग मागेका थियौं। उहाँले ज्ञान केन्द्रमा खबर पुर्याइदिनु भयो,’ उनले भनिन्, ‘देउवाको गाउँ भएर पनि सहयोग नपाएको हामीले गुनासो गरेका थियौं। अब हामी गाउँ घरमै टमाटरलगाएतका तरकारी फलाउने छौं।’

डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले मटेला गाउँका कृषकलाई सहयोग गरेकोमा कृषि ज्ञान केन्द्रलाई धन्यवाद दिए।

उनले जुन उदेश्यले सामग्री माग गर्नुभएको थियो त्यो उद्देश्य पूरा गर्नुहुन अनुरोध गरे। पूर्व प्रधानमन्त्रीको जन्मथलोको टोलका कृषकले अहिलेसम्म सहयोग नपाउनु उदेक लाग्दो कुरा भएको उनको भनाइ छ।

‘यहाँ स्रोत प्रशस्त छ। तर, सबै चिज किन्नु पर्ने अवस्था छ। अनुदान पटकपटक पहुँचका भरमा लिनेहरू धेरै छन्,’ उनले भने, ‘बञ्चित समुदायको आवाज पाँचौ वर्षपछि आज पूरा भएको छ।’

देउवाको गाउँ भएपनि ज्ञान केन्द्रको नजर मटेलामा पुग्न नसकेको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुले बताए। उनले भने, ‘यहाँका कृषक समस्या थाहा पाएपछि म सम्पर्कमा आए। उहाँहरूको आवश्यकता बुझेर उहाँहरूलाई सहयोग गरेका हौं।’

ज्ञान केन्द्रले पोलि हाउसका लागि घर बनाएपछि प्लाष्टिक दिने घोषणा गरेको थियो। सोही अनुसार स्थानीयले घर निर्माण गरेपछि ज्ञान केन्द्रले प्लाष्टिक र अन्य सामग्री दिएको पनेरु बताउँछन्।

कृषि विकास निर्देशनलायका प्रमुख यज्ञराज जोशीले ज्ञान केन्द्रले दिएको पोलि हाउसका सामग्री प्रयोग गरेर सफलता हासिल गरेकोमा पुनः २६ ओटा कृषकलाई पोलि हाउसका सम्पूर्ण सामग्री दिने जिकिर गरे। उनले कृषि गरे फाइदै फाइदा रहेको समेत बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.