डडेल्धुरामा देउवासँग चुनाव लडेका सागर अफ्रिकाबाट आउँदै

dream cafe
learnar

डडेल्धुरा : २०७९ सालको प्रतिनिधिसभा चुनावमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका अभियन्ता सागर ढकाल अफ्रिकाबाट नेपाल फर्किन लागेका छन्।

अफ्रिकाको मेकेरेरे विश्वविद्यालयमा अध्यापनका लागि पुगेका उनले त्यहाँ स्नातक र स्नातकोत्तर विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्।

GBL NEW

सामाजिक सञ्जालमा उक्त अन्तरक्रियाका केही तस्बिर सार्वजनिक गर्दै ढकालले “सानो कामको सिलसिलामा अफ्रिकाको उत्कृष्ट मेकेरेरे विश्वविद्यालयमा रहेका विद्यार्थीहरूलाई आफूले जानेको सिकाउँदै र नजानेको सिक्दै” भनेका छन्।

ढकालले अघिल्लो महिना ‘युवा विद्रोह’को घोषणा गर्दै काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई ‘हजुरबुबा’ भन्दै घरमै आराम गर्न सुझाव दिएका थिए।

यही अभियानलाई अगाडि बढाउन उनी नेपाल फर्कन लागेका हुन् भन्ने अनुमान गरिएको छ।

२०७९ को निर्वाचनमा ढकालले १३ हजार ४२ मत ल्याउँदै देउवापछि दोस्रो स्थानमा आएका थिए।

विजयी भएका देउवाले २५ हजार ५३४ मत पाएका थिए भने तेस्रो स्थानमा नेपाली काँग्रेस वीपीका कर्णबहादुर मल्ल थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.