रेशमलाई पक्रिन पत्र पठाउने दार्चुलाका बिष्ट, यस्तो छ उनको विगत

dream cafe
learnar

डडेल्धुरा : सर्वोच्च अदालतका बहालवाला शाखा अधिकृत महिमान बिष्ट पक्राउ परेका छन्।

सर्वोच्च अदालतका तर्फबाट आफ्नै हस्ताक्षरमा प्रहरीलाई पत्र लेखेर सांसद रेशम चौधरीलाई थुनाएको केही घण्टामै सर्वोच्चका कर्मचारी बिष्ट पक्राउ परेका हुन्।

GBL NEW

बिष्ट पक्राउ परेपछि बल्ल रेशम चौधरी रिहा हुने बाटा खुलेको छ।

सम्मानित सर्वोच्च अदालतको शाखा अधिकृत पदमा कार्यरत बिष्टले सर्वोच्चमा विचाराधीन मुद्दाको विषयमा पत्र बनाई प्रहरीलाई पठाएका थिए।

टीकापुर प्रकरणमा दोषी ठहर चौधरीलाई बुधबार नै पक्राउ गरेर डिल्ली बजार कारागार चलान गरिएको छ।

तर, सर्वोच्चले कर्मचारी महिमानसिंह विष्टले लेखेको पत्रमै त्रुटि रहेको भन्दै रिहा गर्न पत्र लेखेको हो।

दार्चुला घर भएका विष्टलाई सर्वोच्चले प्रहरीलाई जिम्मा लगाएको छ। उनलाई हिरासतमा लगिएको छ।

विष्ट मक्वानपुर, नुवाकोट, हेटौंडा आदि स्थानमा न्याय सेवामा काम गरेपछि सर्वोच्च अदालतमा आइपुगेका हुन्।

उनी ०७२ साल जेठ १४ गते न्याय सेवामा प्रवेश गरेका हुन्।

चार वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरणको सोधेको र भोलिपल्ट आम माफी दिएको समाचार सेयर गर्दै विष्टले आफ्नो फेसबुक स्टाटसमा केपी शर्मा ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिएर गाली गरेका थिए।

कञ्चनपुर जिल्ला अदालतको तहशीलदार शाखामा काम गर्दा बिष्ट र नेपाल बारबीच विवाद चर्केको थियो।

पत्र लेख्न र विज्ञप्ति वजारी गर्न माहिर विष्टले त्यसबेला नेपाल बारका सदस्यहरुलाई गालीगलौचको भाषा हेर्दा उनको सांस्कृतिक स्तर अदालतमा काम गर्ने अधिकृत भन्नै नसुहाउनेखालको देखिन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.