जिप्रका डडेल्धुरा अगाडि बिना दर्ता क्लिनिक सञ्चालनमा

औषधि व्यवस्था विभागले गर्‍यो सिल

dream cafe
learnar

डडेल्धुरा : दर्ता बिना औषधि बिक्री गर्दै आएको डडेल्धुराको एक क्लिनिकलाई सोमबार सिल गरिएको छ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको संयुक्त अनुगमन टोलीले अमरगढी नगरपालिका–४ स्थित आयुषा फार्मेसी एण्ड बैजनाथ क्लिनिकलाई सिल गरेको हो।

Bohora madico

यो फार्मेसी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय नजिकै  लामो समयदेखि दर्ता बिना सञ्चालनमा  थियो।

फार्मेसीले पहिला दर्ता गरे पनि नवीकरण नगरी अवैधानिक रूपमा सेवा दिइरहेको भेटिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए।

HARDIK AGRo NEw

“दर्ता नवीकरण नगरी निरन्तर सञ्चालनमा रहेकाले सिलबन्दी गर्नु परेको हो,” उनले भने।

अनुगमनका क्रममा म्याद गुज्रिएका औषधिहरू समेत बिक्रीका लागि राखिएको भेटिएको छ।

टोलीले फार्मेसी सञ्चालकलाई एक साताभित्र कानुनी प्रक्रिया पुरा गर्न कडाइका साथ निर्देशन दिएको छ।

त्यसैगरी जिल्लाको सदरमुकाम क्षेत्रमा रहेका अन्य ११ वटा फार्मेसीमा गरिएको निरीक्षणमा पनि बिल नदिने, म्याद सकिएका औषधि हटाएर नबसेको, र सरसफाइमा बेवास्ता गरिएको जस्ता गम्भीर लापरवाहीहरू फेला परेका छन्।

औषधि व्यवसायीहरूलाई बिल काट्दा सम्पूर्ण विवरण स्पष्ट राख्न र पसल सफा राख्न अनिवार्य निर्देशन दिइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.