बोहरा मेडिको सेन्टर

जोगबुडा प्रहरीले सुरु गर्‍यो ‘ट्याक्टर बहस कार्यक्रम’, ट्राफिक सचेतनामा जोड

dream cafe
learnar

परशुराम : ईलाका प्रहरी कार्यालय जोगबुडाको आयोजनामा आइतबारदेखि ‘ट्याक्टर बहस कार्यक्रम’को शुभारम्भ गरिएको छ।

“हर प्रहर गाउँ नगरी, टोलटोलमा नेपाल प्रहरी” भन्ने मूल नारासहित नव प्रवर्तन कार्यक्रम अन्तरगत यो कार्यक्रम सुरु गरिएको हो।

CNA

कार्यक्रमको पहिलो दिन स्थानीय ट्याक्टर चालक र सवारीधनीहरुलाई ट्राफिक नियम र सुरक्षित सवारी संचालन सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो।

GBL NEW

प्रहरी निरीक्षक सुरज रोकायाले चालकको आचरण, अनुमति पत्र, र सवारी सञ्चालनका कानुनी पक्षबारे उपस्थितलाई सचेत गराएका थिए।

उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीधनीहरुले जिम्मेवारीपूर्वक निगरानी गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि वडा नं १२ का वडा अध्यक्ष महाबिर कामीले ट्राफिक सचेतना बोर्ड स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यस कार्यक्रमले ग्रामीण क्षेत्रमा ट्राफिक नियमको जानकारी विस्तार गर्नुका साथै सुरक्षित सवारी चलाउने अभ्यासलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.