अमरगढीमा बैशाख २ गते सार्वजनिक बिदा

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकाले वैशाख २ गते  सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

अमरगढी नगरपालिका-३ स्थित घटाल बाबाको मन्दिरमा लाग्ने  विशु जात (मेला) को अवसरमा नगरपालिकाले बिदा दिने निर्णय गरेको हो।

Bohora madico

अमरगढीका प्रमुख प्रशासकीय अधिकृत  लक्ष्मीप्रसाद उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ कि मेला अवसरमा नगरपालिका तथा मातहतका सबै निकायहरू बन्द रहनेछन्।

नयाँ वर्षको दोस्रो दिन घटाल थानमा विशु जाँत धुमधामसंग धार्मिक आस्थाका साथ मनाइने गरिन्छ।

डोटीखोला आसपासका गाउँबस्ती संगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरु विशु जाँतका बेला घटाल बाबाको पूजाआजा संगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन्।

मेला भर्न सुदूरपश्चिमका पहाडि जिल्लाका साथै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट समेत भक्तजनहरु आउने गर्दछन्। विशु जातमा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्।

HARDIK AGRo NEw

घटाल बाबासंग कसैले केहि मागेमा मनोकामना पूरा हुने जनविस्वास रहदै आएको छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहि आएको छ।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।

पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ।

विशु जाँतको एक दिनअघि चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान  र्पुयाइने घटाल क्षेत्र विकास समाजले जनाएको छ।

विशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भएपनि घर फर्कने गरेका स्थानीय बताउँछन्।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति र्पुयाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।

लडाइ मैदान मैवीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ।

सदियौदेखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.