भागेश्वर गाउँपालिकाको केन्द्र अब टप्वा

dream cafe
learnar

डडेल्धुरा  : डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र अब टप्वा हुनेछ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बगरकोटमा रहेको हालको केन्द्र हटाएर टप्वालाई नयाँ केन्द्रका रूपमा कायम गर्ने निर्णय गरेको हो।

Amargadhi Education

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ताले यो निर्णय सार्वजनिक गरेका हुन्।

अजयमेरु फाैजी केरा

मन्त्रीपरिषद्का कुल १३ निर्णयमध्ये एक महत्वपूर्ण निर्णय भागेश्वर गाउँपालिकाको केन्द्र सरुवासम्बन्धी थियो। यो निर्णय अब राजपत्रमा पनि प्रकाशित गरिनेछ।

यसअघि गाउँपालिकाभित्र केन्द्र टप्वा बनाउने वा बगरकोटलाई यथावत राख्ने भन्ने विषयमा मतभेद देखिएको थियो।

तर २०८० माघमा बसेको कार्यपालिका बैठकमा टप्वालाई केन्द्र बनाउने पक्षमा बहुमतले मतदान गरेपछि त्यसैलाई आधार मानेर सरकारसमक्ष सिफारिस गरिएको थियो।

अब यो निर्णय कार्यान्वयन भएपछि टप्वामा गाउँपालिकाको प्रमुख प्रशासनिक संरचना स्थापना हुनेछ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.