लेनदेनको अडियो बाहिरिएपछि सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन्।

Bohora madico

त्यसपछि उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका छन्।

HARDIK AGRo NEw

दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रीपरिषद्बाट पास गर्दै कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने योजना बनाएको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिनुपरेको हो।

‘अडियो सार्वजनिक भएपछि मैले नैतिकताको आधारमा राजीनामा दिन्छु,’ उनले भने।

मन्त्री चौधरीले पदबाट राजीनामा दिएको बताउँदै सत्यतथ्य छानबिनका लागि बाटो खुला गरिदिएको बताए।

उक्त अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले पनि पदबाट राजीनामा दिन निर्देशन दिएका थिए।

मन्त्री चौधरीका अनुसार उक्त अडियो भदौ महिनाको हो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.