बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा गठबन्धनका रावल विजयी

dream cafe
learnar

बैतडी: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बैतडीको गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघका कृष्णसिंह रावल निर्वाचित भएका छन्।

HARDIK AGRo NEw

यहाँ नेविसंघ र क्रान्तिकारी चुनावी तालमेल गरेर निर्वाचन लडेका थिए भने अनेरास्ववियु एक्लै चुनाव लडेको थियो।

Bohora madico

सभापतिमा निर्वाचित रावलले १ सय ३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९ मत प्राप्त गरे।

सेटीगाउँ बहुमुखी क्याम्पसमा २ सय ६६ जना विद्यार्थी मतदाता रहेकोमा १ सय ९५ मत खसेको र एक मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीले बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.