किरियापुत्री बन्न छोरै हुनुपर्छ भन्ने सोचलाई तोड्दै डडेल्धुराका छोरीहरू

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानी माइतीघर भएका रोहिता कठायत, दुरा थापा र मानमती कार्कीले आफ्नी आमाको किरिया गरेर परम्परागत सोचमा चुनौती प्रस्तुत गरेका छन्।

उनीहरूका ७९ वर्षीय बुबा खड्कसिंह अपाङ्गता भएका व्यक्ति हुन् भने परिवारमा दाजुभाइ छैनन्। आमा राधादेवी खड्काको मृत्युपछि तीन दिदीबहिनीले किरिया गरेर छोरीहरू पनि छोरा सरह हुनसक्छन् भन्ने सन्देश दिएका छन्।

Bohora madico

चार दिदीबहिनीमध्ये जेठी बिर्मा बडूवाल महिनावारी भएका कारण किरियामा बस्न नसकेकी हुन्।

HARDIK AGRo NEw

आमाले मृत्युअघि नै छोरीहरूले किरिया गरिदिन अनुरोध गरेकाले उनीहरू तयार भएका थिए।

हिन्दू परम्परामा छोरा वा पुरुष सदस्यहरूले किरिया गर्ने चलन भए पनि पछिल्लो समय महिलाहरूले पनि किरिया गर्ने परिपाटी बढ्दै गएको छ।

यस घटनाले समाजमा नयाँ चेतना फैलाउने विश्वास गरिएको छ। उनीहरू पाँच दिनदेखि आमाको किरिया गरेर बसेका छन्।

उनीहरूकी आमा राधादेबी खड्काको १ चैतमा मृत्यु भएपछि उनीहरु किरिया बसेका हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.