डडेल्धुरा क्याम्पसमा स्ववियु चुनाव, मतदान सुरु

dream cafe
learnar

डडेल्धुरा :  डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि मतदान सुरु भएको छ।

बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। मतदानका लागि विद्यार्थीहरू क्याम्पस प्राङ्गणमा पुग्ने क्रम जारी छ।

बोहरा मेडिको सेन्टर
GBL NEW

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

नेपाली काँग्रेस वीपी निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको छ।

यस पटकको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.