बोहरा मेडिको सेन्टर

सकायल खोला पुल र अस्पताल निर्माण अलपत्र, स्थानीयले बुझाए सीडीओलाई पत्र

dream cafe
learnar

डडेल्धुरा : नवदुर्गा गाउँपालिका ३ र गन्यापधुरा गाउँपालिकालाई जोड्ने सडकाय खोला पुल तथा नवदुर्गा अस्पताल निर्माणको काम अलपत्र परेको छ।

स्थानीयवासी र संघर्ष समितिले निर्माण कार्य शीघ्र सम्पन्न गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सोमबार ध्यानाकर्षण पत्र बुझाएका छन्।

CNA

सम्बन्धित पुल निर्माणको ठेक्का २०६६ सालमै चाँदनी कन्स्ट्रक्सन कम्पनी डडेल्धुरासँग सम्झौता भएको थियो। तर, निर्माण कार्य अधुरै रहेको र सम्बन्धित निर्माण कम्पनीले चासो नदेखाएको भन्दै स्थानीय असन्तुष्ट छन्।

GBL NEW

यसैगरी, नवदुर्गा ३ डाडाँवनमा १५ शय्याको अस्पताल निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग सम्झौता भए पनि काम अघि नबढेको स्थानीय बताउँछन्।

यो अस्पताल नवदुर्गा गाउँपालिकाको विशेष प्राथमिकता रहेको भए पनि ठेकेदार कम्पनीको लापरबाहीले अन्योलमा परेको छ।

संघर्ष समितिका संयोजक भक्त बहादुर कठायतले प्रशासनलाई जानकारी गराउँदै भने, “यदि अब पनि काम अघि नबढेमा हामी बाध्य भएर आन्दोलनको बाटो रोज्नेछौं।”

स्थानीय प्रशासनले यस विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।

स्थानीयवासी भने पुल र अस्पताल निर्माण यथाशीघ्र सम्पन्न गर्न दवाब दिने रणनीतिमा छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.