डडेल्धुरामा चैते धानको क्षेत्र विस्तार सुरु, किसान उत्साहित

dream cafe
learnar

डडेल्धुरा : कृषि ज्ञान केन्द्र डडेल्धुराको आर्थिक तथा प्राविधिक सहयोगमा डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ५ परिगाउँमा चैते धानको रोपाइँ सुरु भएको छ।

श्री लटिनाथ आई.पी.एम. कृषक पाठशालाका किसानहरूको खेतमा हर्दिनाथ–१ र सुक्खा–५ जातको चैते धान रोपिएको हो। नेपालमा चैते धानको रोपाइँ फागुनको अन्तिमदेखि वैशाखको दोस्रो हप्तासम्म गरिन्छ।

Bohora madico

गत वर्ष सफल परीक्षण भएपछि यस वर्ष क्षेत्र विस्तार गर्दै परशुराम नगरपालिकाका विभिन्न ठाउँमा ६० रोपनी क्षेत्रफलमा खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ।

HARDIK AGRo NEw

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामसिंह बोहरासहितको टोलीले किसानलाई धानको बीउ छनोट गर्ने तरिका, बेर्ना तयार गर्ने विधि, आवश्यक मलखाद प्रयोगलगायतका विषयमा जानकारी दिएको थियो।

चैते धानको खेतीले वर्षमा दुईपटक धान उत्पादन गर्न सकिने भएकाले खाद्य सुरक्षामा टेवा पुग्ने तथा धान आयात प्रतिस्थापनमा मद्दत पुग्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए।

उनका अनुसार आगामी वर्षहरूमा थप किसानलाई सहभागी गराउँदै चैते धान खेतीलाई व्यावसायिक बनाउन केन्द्र लागिपरेको छ।

स्थानीय किसानहरू पनि चैते धानको खेतीप्रति उत्साहित देखिएका छन्।

गत वर्ष परीक्षण खेती गरेका किसानहरूले राम्रो उत्पादन भएकाले यसपालि थप क्षेत्रफलमा खेती विस्तार गरिएको बताएका छन्।

कृषि ज्ञान केन्द्रको निरन्तर प्राविधिक सहयोगले उत्पादन वृद्धि हुनेमा किसानहरू आशावादी छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.