देउवाको गढमा स्ववियु चुनावकाे घम्साघम्सी : दलका नेताहरूको प्रतिष्ठाको लडाइँ

dream cafe
learnar

डडेल्धुरा : त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेकाे डडेल्धुरा बहुमुखी क्याम्पसमा यही चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावले जिल्लामा चुनावी सरगर्मी बढाएको छ।

यसपटकको स्ववियु चुनावमा त्रिपक्षीय प्रतिस्पर्धामा केन्द्रीत हुने देखिएको छ।

Bohora madico

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट नेपाली कांग्रेस (विपि) निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विपिका मदन बोहरा, र स्वतन्त्र समूहबाट कर्ण धामीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

संयुक्त प्यानलका उम्मेदवार बोहरालाई नेविसंघ (विपि) सहित नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को समर्थन रहेको छ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्लामा हुने स्ववियु चुनावले विद्यार्थी राजनीति मात्र नभई, दलका नेताहरूको प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ।

HARDIK AGRo NEw

यहाँको स्ववियु चुनावले विद्यार्थीहरूको मतदान प्रक्रियाभन्दा बाहिर गएर स्थानीय नेताहरू र तिनका समर्थकहरूका लागि पनि प्रभाव प्रदर्शन गर्ने मैदान बनेको छ।

विशेष गरी, यहाँ सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेबीचको सहकार्य नदेखिनु र एमाले-माओवादीले वीपी कांग्रेससँग गठबन्धन गरेर स्थानिय राजनीतिक समीकरणको नयाँ चित्र प्रस्तुत गरेको छ।

सत्ता गठबन्धनको स्तरमा मिलेर हिँडिरहेका दलहरू विद्यार्थी राजनीतिमा अलग-अलग मोर्चाबन्दी गर्दै अघि बढ्दा स्ववियु चुनाव अझ रोचक बनेको छ।

स्ववियु चुनावका नतिजाले स्थानीय राजनीति र विद्यार्थी नेतृत्वको समीकरण कतातिर मोडिन्छ भन्ने चासो राखिएको छ।

नेविसंघका उम्मेदवारलाई जिताउन नेपाली काँग्रेस डडेल्धुराको पार्टी नेतृत्व नै लागि परेको छ।

भने नेविसंघ वीपीका उम्मेदवार बोहरालाई जिताउन काँग्रेस वीपीका केन्द्रीय बरिस्ठ उपसभापति कर्णबहादुर मल्लसहित एमाले, माओवादीका नेताहरू लागि परेका छन्।

चुनावी परिणामले नेपाली कांग्रेसको परम्परागत वर्चस्व कायमै रहने हो कि नयाँ समीकरणले नयाँ सन्देश दिने हो भन्ने कुरा चैत ५ पछि मात्रै स्पष्ट हुनेछ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.