बोहरा मेडिको सेन्टर

परशुरामको जनज्योति विद्यालयद्वारा होली कार्यक्रमबाट संकलित रकम अक्षयकोषमा

dream cafe
learnar
  • अर्जुन धामी

परशुराम, डडेल्धुरा : परशुराम नगरपालिका-०३, सिमल्टामा रहेको श्री जनज्योति प्राथमिक विद्यालयले होली पर्वको अवसरमा संकलित रकमलाई अक्षयकोषका रूपमा स्थापना गर्ने निर्णय गरेको छ।

CNA

विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर धामीका अनुसार उक्त अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार तथा लगनशील विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ।

विद्यालयले करिब चार दिनसम्म होली कार्यक्रमको आयोजना गरेको थियो, जसमा देश तथा विदेशबाट गरी करिब १ लाख ८० हजार रुपैयाँ चन्दा संकलन भएको थियो।

GBL NEW

सोही रकम बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरी शैक्षिक सामग्री (कापी, कलम, पोसाक) किन्न नसक्ने विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको प्रधानाध्यापक धामीले जानकारी दिए।

हाल विद्यालयमा ४३ जना विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालयले चालू शैक्षिक सत्रमा अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गरेको थियो।

यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई करेसाबारी निर्माण, गोडमेल, भान्सामा तयार पार्न सकिने परिकारहरू पकाउने, दुना-टपरी निर्माण जस्ता व्यवहारिक सीप सिकाइएको थियो।

प्रधानाध्यापक धामीका अनुसार विद्यालयले आगामी शैक्षिक सत्रमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

विद्यालय परिवारले विद्यार्थीहरूको शैक्षिक तथा व्यवहारिक विकासलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, समाजसेवी, तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने योजना समेत बनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.