सुदूरपश्चिममा प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी

dream cafe
learnar

डडेल्धुरा: धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न भएको छ।

आज (आइतबार) नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो।

GBL NEW

गोष्ठीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उच्च अदालतका माननीय न्यायाधीश दिनेशप्रसाद यादव रहेका थिए।

साथै, सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता टेकबहादुर जोशीले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) कुबेर कडायतले  गरेका थिए।

प्रदेशभित्रका नौ जिल्लाका प्रहरी प्रमुखहरूले अपराध अनुसन्धानको क्षेत्रगत समीक्षा प्रस्तुत गरेका थिए।

समीक्षा गोष्ठीमा अनुसन्धानको प्रभावकारिता, कानूनी प्रक्रिया, प्रविधिको उपयोग, तथा भविष्यमा आवश्यक सुधारका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमको संयोजन नेपाल प्रहरीका अपराध अनुसन्धान विभाग प्रमुख एवं अन्य वरिष्ठ अधिकारीहरूले गरेका थिए।

गोष्ठीले प्रदेशभित्रको अपराध नियन्त्रण रणनीति परिमार्जन गर्न सुझाव प्रस्तुत गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.