डडेल्धुराका भूकम्प पीडितलाई अनुदान हस्तान्तरण

dream cafe
learnar

डडेल्धुरा: गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गरेका छन्।

गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन्।

Bohora madico

अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरूको स्थायी अभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे।

उनले डोटी भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि पुनर्निर्माण र प्रबलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेको सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुनर्निर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए।

‘नीजि आवास निर्माणका लागि डेढ बर्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रबन्ध गर्न सकेको थिएन।’ गृहमन्त्रीले भने, ‘अब प्रभावित जिल्लामा पुनर्निर्माण द्रुत गतिमा गर्न इकाई कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौं।’

HARDIK AGRo NEw

उनले शुक्रबार बझाङ, शनिबार अछाम र जाजरकोटमा आइतबार पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई उद्घाटन गरिने जानकारी दिए।

उनले बझाङ, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आँकलन गरिएको भएपनि जाजरकोटमा क्षति आँकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिए।

‘जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाई खुलेपछि खटिनेछ।’ उनले भने, ‘लाभग्राही छनौट लगायतका विषयमा स्थानीय सरकारको अहम् भूमिका रहन्छ।’

मन्त्री लेखकले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गरे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुर्ननिर्माणले गति पाउनेमा जोड दिए।

‘स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौं।’ कार्यकारी प्रमुख डा भुसालले भने, ‘प्रारम्भ बिन्दू डडेलधुराबाट भएको छ।’

त्यसैगरी डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेल्धुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुनर्निर्माणमा २६ र प्रबलीकरणमा ५२ गरी ७८ लाभग्राही परिवारलाई सम्बोधन गरिने बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.