यूएईसँग खेल्नु अघि आईसीसीले दियो नेपाललाई खुसीको खबर

dream cafe
learnar

डडेल्धुराः नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६ औं स्थानमा आइपुगेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो।

GBL NEW

योसँगै नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो।

सात राष्ट्र सम्मिलित लिग–२ मा नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा छ। लिग–२ मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले भोलि हुने अन्तिम खेलमा यूएईलाई हराउनुपर्नेछ।

नेपालभन्दा पछि रहेको नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।

नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ। एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड सबैभन्दा माथि १२औं स्थानमा छ। विश्वकप सुपर लिग खेलिरहेको नेदरल्याण्ड्स १४औं स्थानमा छ। लिग दुईको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा माथि १५ औं स्थानमा छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.