डडेल्धुरा अर्जुन ट्रफीको फाइनलमा प्रवेश

dream cafe
learnar

डडेल्धुरा : कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै फ्रेन्ड्स युथ क्लब डडेल्धुरा अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा डडेल्धुराले न्यु होराइजन बुटवललाई पाँच विकेटले पराजित गरेको हो।

Amargadhi Education

बुटवलले प्रस्तुत गरेको ८३ रनको लक्ष्य डडेल्धुराले १५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। डडेल्धुरालाई जित दिलाउन ओपनर कुशलले ब्याटिङबाट ४५ र बलिङबाट पाँच विकेटको योगदान दिए।

अजयमेरु फाैजी केरा

२६ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि आयुशमान बमसँग ५६ रनको साझेदारी गरेका थिए। उनलाई महेश भारीले ६.५ ओभरमा निश्चाल ज्ञावलीबाट क्याच गराए।

डडेल्धुराका आयुशमानले १६ रन बनाए। कप्तान सन्दीप जोरा ६ र किरण ठगुन्ना आठ रनमा अविजित रहे। बुटवलका प्रिन्स पालले सर्वाधिक तीन विकेट लिए। निर्मल गुरुङ र महेश भारीको नाममा समान एक विकेट रह्यो।

त्यसअघि कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बुटवलले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन बनाएको थियो।

बुटवललाई सस्तैमा रोक्न कुशलले सर्वाधिक पाँच विकेट लिए। ३.१ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। अजय चौहानले तीन तथा हेमन्त धामी र अशोक धामीले समान एक विकेट हात पारे।

बुटवलका आरिफ खानले सर्वाधिक २० रन बनाए। १६ बल खेलेका उनले २ चौका र एक छक्का प्रहार गरे। दीपक डुम्रे १८ र निश्चल ज्ञावली १४ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.