फरार प्रतिवादी पक्राउमा डडेल्धुरा प्रहरी सुदूरपश्चिममा पहिलो, देशभर तेस्रो

dream cafe
learnar

डडेल्धुरा : शान्तिसुरक्षा नियन्त्रणमा सक्रिय रहदै आएको डडेल्धुरा प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दैआएको छ।

चालू आर्थिक वर्षको ६ महिनामा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा देशभरमै फरार प्रतिवादी पक्राउ गर्ने सूचीको तेस्रो स्थान हासिल गरेको छ भने सुदूरपश्चिममा पहिलो बनेको छ।

GBL NEW

गृह मन्त्रालयले आज भर्चुअल बैठक राखेर सार्वजनिक गरेको तथ्यांकमा डडेल्धुरा प्रहरी सुदूरपश्चिममा पहिलो र देशभरमा तेस्रो स्थानमा छ।

डडेल्धुरामा १२९ जना फरार रहेकोमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जुन प्रतिशतका आधारमा ३७.२१ हुन आउँछ।

पुस मसान्तसम्म सबैभन्दा धेरै फरार प्रतिवादी पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पहिलो स्थानमा छ। २८ जना फरार रहेकोको उसले ५० प्रतिशत अर्थात् १४ जनालाई पक्राउ गर्न सफल भएको हो।

१८१ फरार अभियुक्त मध्ये ३८.१२ अर्थात् ६९ जना पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वत दोस्रो स्थानमा छ।

सुदूरपश्चिममा पहिलो र देशभरमा तेस्रो स्थान हासिल गर्नुमा जिल्लास्थित सम्पूर्ण प्रहरी युनिटहरूको महत्त्वपूर्ण भूमिका रहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले बताए।

डीएसपी श्रेष्ठले कानुन पालनामा डडेल्धुरा प्रहरी कटिबद्ध रहेको बताए।

हेर्नुस् टप १० सूची :

Oplus_131072
Ddl dental
Leave A Reply

Your email address will not be published.