कैलालीका माइकलको खातामा भेटियो करोडौं रकम, काठमाडौंमा घर र कार

dream cafe
learnar

काठमाडौं : अनलाइनबाट संगठित रूपमा तीन अर्बभन्दा धेरै ठगी गर्ने गिरोहका नाइके कैलालीका माइकल डगौरा (चौधरी)को खातामा करोडौं रकम भेटिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)का अनुसार उनको विभिन्न बैंक खातामा करिब १० करोड रुपैयाँ भेटिएको छ।

Amargadhi Education

प्रहरीले माइकलसहित सातजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

ठगी गर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका– ६ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने माइकलसहित उनका सहयोगी सोही स्थानका अनिल विश्वकर्मा, काठमाडौं बुढानीलकण्ठका पीयूष श्रेष्ठ, दोलखा भीमेश्वरका आश्विन चौलागाईं, रौतहटका सत्यमकुमार सहनी र भारतीय नागरिकद्वय रोशन कुमार र मुन्ना कुमार छन्।

सो गिरोहले एक वर्षभन्दा लामो समयदेखि अनलाइन ठगी गर्दै आएको सिआइबीले जनाएको छ।

अजयमेरु फाैजी केरा

‘डिजिटल फरेन्सिक रिपोर्टअनुसार तीन अर्बभन्दा धेरै ठगी गरेको देखिन्छ,’ सिआइबीका प्रवक्ता एसपी सुधीरराज शाहीले भने, ‘यसरी ठगी गरेकोमध्ये करिब ५४ करोड क्रिप्टोमा लगानी गरेका छन्।’

सिआइबीले उनीहरूमाथि ठगीसहित क्रिप्टो र हुन्डी कारोबारमा पनि अनुसन्धान भइरहेको जनाएको छ।

२२ वर्षीय माइकल आइटीका विद्यार्थी हुन्। उनले बुढानीलकण्ठमा घर किन्नुका साथै महँगो गाडीसमेत खरिद गरिसकेका थिए।

कुनै पेसामा आबद्ध नभएका उनले अनलाइन ठगी र क्रिप्टो कारोबारबाटै सो सम्पत्ति कमाएको प्रहरी अधिकारी बताउँछन्। उनको बाइनान्स एपमा ५४ करोडबराबरको मौज्दात देखिएको छ।

एसपी शाहीका अनुसार मुख्य गरी इसेवाका प्रयोगकर्तालाई आफूहरू अफिसबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटिपी मागेर खाता ह्याक गरी पैसा चोरी गर्दै आएका थिए।

यसरी ठगिनेको संख्या ठूलो रहेको प्रहरी अधिकारी बताउँछन्।
र, यो पनि :
आइटी पढ्ने कैलालीका माइकल, जसले अनलाइनबाटै ३ अर्ब ठगे

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.