आइटी पढ्ने कैलालीका माइकल, जसले अनलाइनबाटै ३ अर्ब ठगे

dream cafe
learnar

काठमाडौं : इसेवालगायतका मोबाइल वालेट प्रयोगकर्तालाई संगठित रूपमा ठगी गर्ने गिरोह पक्राउ परेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कैलालीका माइकल डंगौरा (चौधरी) सहित ठगीमा संलग्न सातजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

Amargadhi Education

सिआइबीका एसपी सुधीरराज शाहीका अनुसार उनीहरूले करिब तीन अर्ब रुपैयाँबराबरको ठगी गरेको कारोबारबाट खुलेको छ।

जसमध्ये करिब ५४ करोड क्रिप्टोमा लगानी गरेका छन्।

पक्राउ पर्नेमा दुई भारतीयसमेत छन्। कैलालीको बर्दगोरिया गाउँपालिका– ६ का माइकल मास्टर एजेन्ट भएको सिआइबीको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनलाई सघाउने अनिल विश्वकर्मा, पीयूष श्रेष्ठ, अश्विसन चौलागाईं, सत्यम् सहनी, रोशन कुमार र मुन्ना कुमारलाई सिआइबीले पक्राउ गरेको हो।

रोशन र मुन्ना भारतीय नागरिक हुन् । २२ वर्षीय माइकल आइटीका विद्यार्थी हुन्। उनले घर र गाडीसमेत खरिद गरिसकेका थिए।

अजयमेरु फाैजी केरा

कुनै पेसामा आबद्ध नभएका उनले अनलाइन ठगी र क्रिप्टो कारोबारबाटै सो सम्पत्ति कमाएको प्रहरीको आकलन छ।
उनको बाइनान्स एपमा ५४ करोडबराबरको मौज्दात देखिएको छ । उनीहरूविरुद्ध संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

‘मुख्य गरी इसेवाका प्रयोगकर्तालाई आफूहरू अफिसबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटिपी मागेर खाताबाट पैसा चोरी गर्दै आएका थिए,’ उनले भने, ‘यसरी ठगिनेमा सरकारी कर्मचारीदेखि चिकित्सकसम्म छन्।’

उनीहरूले धेरैजसो पोस्टपेड नम्बर चलाउने इसेवा प्रयोगकर्तालाई लक्षित गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

यसरी फोन गर्न उनीहरूले करिब ४० वटा सिमकार्ड निकालेका थिए। त्यस्ता सिमकार्ड नक्कली परिचयपत्रका आधारमा निकालिएकाले प्रहरीलाई अनुसन्धानमा समेत समस्या भएको थियो ।

पक्राउ परेका अन्यको मोबाइलमा क्रिप्टोसम्बन्धी एपहरू भेटिएका छन्।

उनीहरूविरुद्ध ठगीका साथै क्रिप्टो कारोबारको कसुरमा पनि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। त्यस्तै, पक्राउ परेका दुई भारतीयको हुन्डीलगायत अन्य आर्थिक अपराधमा पनि संलग्नता देखिएको छ।

उनीहरूलाई अनलाइन जागिरको प्रलोभनमा विभिन्न लिंक पठाएर त्यसमार्फत अनलाइन फिसिङसमेत गरेका थिए। यसरी ठगी भएको रकमको हुन्डीमार्फत कारोबार मिलाउने गरेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.