अर्जुन ट्रफी खेल्न यस्तो बन्यो बैतडीको टोली

dream cafe
learnar

धनगढी : क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेबाट आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टिम घोषणा गरिएको छ।

बैतडीको दशरथ चन्द एकेडेमीले भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। सो टोलीमा विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर समावेश छन्।

GBL NEW

टिममा विभागीय एपिएफका खेलाडी अमरसिंह रौटेलासहित दिवान पुन, रुपेश सिंह, बसन्त खत्री, खड्क बोहरा, दिपक बोहोरा छन्।

यसैगरी, प्रदीप चन्द, हिमाल दौल्याल, जनक सुनार, दिपक चन्द, लोकेश चन्द, सुमित बडाल र सल्लाउद्धिन खान बैतडीको टिममा छन्।

माघ २० गते सिवाईसी अत्तरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। माघ २२ गते न्यु होराईजन बुटबलसँग खेल्ने छ भने माघ २४ गते क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ।

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश गरेर यो प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोट्र्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउने छन्।

प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमको सहभागिता रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.