गुरु पूर्णिमाका दिन सभापति  देउवाका गाउँका विद्यार्थी शिक्षक खोज्दै आन्दोलनमा

dream cafe
learnar

डडेल्धुरा : पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका-१ रुवाखोला स्थित असिग्राम माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।

आज (आइतबार) गुरु पूर्णिमाका दिन जिल्ला सदरमुकाम बागबजारमा असिग्रामका शिक्षक, विद्यार्थी तथा अभिभावक आन्दोलनमा उत्रिएका हुन्।

GBL NEW

आन्दोलनकारीले  अबैधानिक सरुवा बदर गर,  हाम्रो पढाइ सुचारु गर, हाम्रो दरबन्दी कायम गर लगाएतका नारा लगाउँदै प्ले कार्ड बोकेका थिए।

उनीहरू असिग्राम माध्यमिक विद्यालय रुवाखोलामा कार्यरत नेपाली विषयका स्थायी शिक्षक लालबहादुर साँउदको रिक्त दरबन्दी नरहेको महेन्द्र माध्यमिक विद्यालयमा सरुवा गरिएपछि पठनपाठनबाट बञ्चित भएको भन्दै शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना बसेका हुन्।

कार्यालयमा धर्ना बसेका अभिभावकसहित  विद्यार्थीहरूले  कार्यालय प्रमुख नारदप्रसाद जोशीलाई  नेपाली विषयको किताब र प्रधानाध्यापक गणेश पन्तले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको भन्दै राजीनामा पत्र बुझाएका छन्।

उनीहरूले सरुवा गरिएका शिक्षकलाई फिर्ता गरिदिन वा सरुवा भएको हो भने रिक्त दरबन्दीमा शिक्षक राख्ने व्यवस्था मिलाइ दिन इकाई प्रमुख जोशीलाई आग्रह गरे।

विद्यार्थीको पठनपाठन प्रभावित पार्ने नियतले गरिएको अवैधानिक सरुवा निर्णय तत्काल बदर गर्नुपर्नै स्थानीयको माग छ।

इकाई प्रमुख जोशीले शिक्षक सरुवाको बिषयमा आफूबाट कमजोरी भएको र तत्काल निर्णय सच्याई निर्देशन दिनका लागी शिक्षा विभागमा पत्रचार गरेको जानकारी दिए।

विभागको कार्यालयमा पत्र पठाएको बताउँदै उनले केही समय धैय गरिदिन सबैमा आग्रह गरे।

राजनीति पावरमा सरुवा गरिएका शिक्षक साउँदलाई विद्यालयले रमाना पत्र दिएको छैन् भने महेन्द्र माध्यमिक विद्यालयले हाजिर लगाउन दिएको छैन्।

र, यो पनि :
राजनीतिक पावरमा बुढाको सरुवा गर्दा सरस्वतीलाई आपत

Ddl dental
Leave A Reply

Your email address will not be published.