बोहरा मेडिको सेन्टर

नवयुग भन्छन् : सिनियर खेलाडीलाई क्याम्प छोड्न बाध्य पार्दा नतिजा कमजाेर आयो

dream cafe
learnar

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले मुख्य प्रशिक्षकसँगको विवादमा सिनियर खेलाडीले आफैँ क्याम्प छाडेर नगएको बताएका छन्।

एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेल सकेर स्वदेश फर्किएपछि पत्रकारसँग कुरा गर्दै कप्तान श्रेष्ठले खेलाडीले मुख्य प्रशिक्षकको निर्देशनमा नै क्याम्प छाडेको बताएका छन्।

CNA

विमानस्थलमा कप्तान श्रेष्ठले भने, सिनियर खेलाडी आफैँ क्याम्प छाडेर निस्किएका हैनन्, प्रशिक्षकले तिमीहरू जान सक्छौ भनेपछि खेलाडीहरू गएका हुन्।

GBL NEW

टोलीमा सिनियर खेलाडी नहुँदा प्रर्दशनमा फरक पर्नु स्वभाविक भएपनि नयाँ खेलाडीले राम्रो प्रर्दशन गरेको बताए।

उनले भने, ‘पुराना खेलाडी भएको भए नतिजा केही फरक आउन सक्थ्यो, छनोटमा आफूहरु बलियो समूहमा रहेकाले पनि पुराना खेलाडी भएको भए फरक नतिजा आउन सक्थ्यो।’

छनोट खेल सकिएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिदामा कुवेत नै बसेका छन्। अन्य टोली बिहीबार स्वदेश फर्केका छन्।

सिनियर टोलीबिनै कुवेत पुगेको नेपाली टोली पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो।

दोस्रो खेलमा घरेलु टोली कुवेतसँग ४–१ ले पराजित हुँदा अन्तिम खेलमा इन्डोनेसियालाई ७–० ले नतिजा सुम्पेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.