गृहसचिवसहित सुरक्षा निकायका प्रमुखको टोली दार्चुलाको टिंकरमा

dream cafe
learnar

दार्चुला : गृहसचिव एक नारायण नेतृत्वको टोली दार्चुलाको टिंकर पुगेको छ।

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको टोली आज बिहान धनगढीबाट नेपाली सेनाको हेलिकोप्टर एनए ०६६ बेलमा त्यता गएको बताइएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

बिहान पौने ६ बजे धनगढीबाट उडेको उक्त हेलिकोप्टर साढे ६ बजे दार्चुलाको सदरमुकाममा केहीबेर रोकिएको बुझिएको छ।

त्यसपछि सवा ७ बजे त्यहाँबाट प्रस्थान गरेको हेलिकोप्टर चाङग्रु गएको हो। तर, साढे ७ बजे हेलिकोप्टर डुम्लिङमा अवतरण गरेको थियो।

केहीबेर रोकिएको हेलिकोप्टर टोलीसहित पौने ८ बजे सीमा क्षेत्र टिंकरमा पुगेको हो।

टोली हिजो साँझ साढे ५ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट धनगढी गएको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.