अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

dream cafe
learnar

अछाम : अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार सोमबार बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

सु-प्र-०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा तीन जना घाइते छन्। उनीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ।

‘पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ, तीन जनाको उपचारका लागि अस्पताल पठाइएको छ,’ उनले भने।

मृतकको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर साँफेबगरतर्फ जाँदै थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.