डडेल्धुरा महोत्सवमा भोलि धुर्मुस-सुन्तली आउने

dream cafe
learnar

डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव—२०८०’ जारी छ।

फागुन २४ गतेदेखी सुरु भएको महोत्सवको आठौं दिन भोलि (बिहीबार) चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आउने आयोजक उद्योग बाणिज्य संघ डडेल्धुराले जनाएको छ।

Ird
HARDIK AGRo NEw

साथै, गायिका एन्जिला रेग्मी तथा मोडेल सुशिला कार्कीको समेत प्रस्तुति रहने छ।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्यले महोत्सवको आयोजना गरेको हो।

फागुन २४ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका—४ टुँडिखेलमा चल्ने छ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.