अछामको कोटिहोम महायज्ञमा चार करोड सङ्कलन

dream cafe
learnar

अछाम : अछामको वैद्यनाथधाममा सञ्चालन गरिएको कोटिहोम महायज्ञमा चार करोड रुपियाँ दान सङ्कलन भएको छ। साँफेबगर नगरपालिकामा रहेको वैद्यनाथधाममा १४४ वर्षपछि कोटिहोम आयोजना गरिएको हो।

चार करोडमध्ये दुई करोड रुपियाँ खर्च भएको कोटिहोम आयोजक समितिका महासचिव देवराज उपाध्यायले जानकारी दिए।

Ird
HARDIK AGRo NEw

कोटिहोमका क्रममा १५ लाखभन्दा बढी मूल्यबराबरको जग्गा दान प्राप्त भएको आयोजकले जानकारी दिएको छ। हालसम्म बैङ्कमा एक करोड ७० लाख २६ हजार रुपियाँ बचत रहेकोमा ४९ लाख रुपियाँ तिर्न बाँकी छ।

८० लाखभन्दा विभिन्न पालिका तथा बैङ्क वित्तीय संस्था, कलश ठेली, प्रवासबाट १० लाख रुपियाँभन्दा बढी रकम आउने सुनिश्चित रहेको उपाध्यायले बताए। उठ्न बाँकी रहेको रकम एक हप्ताभित्रै प्राप्त भएमा सम्पूर्ण आयव्यय सार्वजनिक गरिने बताइएको छ।

दुई हप्ताभित्र सम्पूर्ण आयव्यय सार्वजनिक गर्नका लागि जिल्ला विकास समितिका पूर्वसभापति एवं कोटिहोमका वरिष्ठ उपाध्यक्ष भरतकुमार स्वाँरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

फागुन १० गतेबाट सुरु भएको कोटिहोम फागुन २५ गते समापन भएपछि आइतबार समीक्षा गरिएको हो ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.