गठबन्धनका नाममा एक्लाे प्रमुख पदकाे महिला उम्मेदवार माथी निर्मम प्रहार गरिए सत्तागठबन्धनकै लागि प्रत्युत्पादक हुन सक्छ : संगिता भण्डारी

dream cafe
learnar
HARDIK AGRo NEw

डडेल्धुरा: आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट अमरगढी नगरप्रमुखको उम्मेदवार संगिता भण्डारीले गठबन्धनका नाममा चुनावी मैदानमा हाेमिसकेका महिला उम्मेदवार कुनैपनि बाहानामा मैदान छाेड्नु, प्राप्त उपलब्धि माथिकाे निरमम प्रहार हुने र राजनीतिमा लागेका महिलाहरू सबैले साझा प्रतिवाद गर्नु जरूरी रहेको बताएकी छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भण्डारीले लैङ्गिक समानताका एजेन्डामा ठूलाठूला कुरा गर्ने पार्टीहरूले गठबन्धनका नाममा महिला उम्मेदवारको खुलेआम हत्या गरिएको बताएकी छन् भण्डारी डडेल्धुराका सात स्थानीय तहमध्ये प्रमुख पदकि एक्ली महिला उम्मेदवार हुन्।
उनले कुनै एक महिला उम्मेदवारकाे सवाल नभएर समग्र महिला बर्ग प्रतिकै पुरुषवादी दृष्टिकाेण नै संस्थागत भै संविधान, कानुनका विपरीत मुख्य राजनीतिक दलहरु नै लागेकाेमा साशकीय प्रणालीमा नै गम्भीर  खत्रा पैदा भएकाे संकेत पनि हाे भन्ने चिन्ता व्यक्त  गरेकी छन। ´७५३ स्थानीय तहमा प्रमुख पदमा ४१ स्थानमा मात्र महिलाले उमेदवारी दर्ता गरेका छन्। लैङ्गिक समानताका एजेन्डामा ठुला ठुला कुरा गर्ने पार्टीहरूले गठबन्धनका नाममा महिला उमेदवारकाे खुलेआम हत्या गरेका छन्। `उनले लेखेकी छन्, ´आफ्नाे कुशलता र सामर्थ्यता प्रदर्शन गरि यति बेला मैदानमा उत्रिएका महिलाहरू मनाेनयन पूर्व र पश्चात् गठबन्धनका नाममा हत्या गरियाे भने, न्यायालयकाे ढाेका ढकढकाउन बाध्य नबनाइयाेस्।`
उनी भन्छिन्: ´पार्टीको न्यायाेचित निर्णयलाई मान्न सकिन्छ। तर, अन्याय हिजाे पनि सहन सकेनाै, आज पनि सहदैनाै र भाेलि पनि सहन गर्न सकिदैन्।
सिद्दान्त र ठाेस मुद्दा बिना जित्नका लागि मात्र गरिने गठबन्धन
संविधानको मर्म विपरीत र जनमत समेतकाे उपेक्षा गरेको ठहरीने उनको भनाइ छ। आधा आकास ढाक्ने महिला भएकाे देशका नागरीक भएको उनी बताउँछिन्।
डडेल्धुरामा सत्ता गठबन्धनका दलहरूले आ-आफ्नै दाबी प्रस्तुत गरेपछि मित्रवत् व्यवहारका साथ चुनावी मैदानमा होमिने सहमति गरेका थिए। जसअनुसार सत्ता गठबन्धनमा रहेका दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला रहेको डडेल्धुरामा काँग्रेसका दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। जस कारण काँग्रेस पराजित हुने आकलन गरिएको छ।
पटकपटक एकीकृत समाजवादीले गठबन्धन गरेर जाने भनेपनि डडेल्धुरा काँग्रेसले चासो राखेको थिएन्। तर, काँग्रेस दुई टुक्रा भएपछि हार्ने डरले केन्द्रबाटै गठबन्धन गर्न दबाब सिर्जना भइरहेको नेताहरू बताउँछन्।
काँग्रेससँग गठबन्धन भएपनि समाजवादीले अमरगढीको मेयर पद नछाड्ने भएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.