१० पटकसम्म स्वतन्त्र उठेर वडाध्यक्ष जितेका नरसिंहको निधन

dream cafe
learnar

काठमाडौं : ललितपुर महानगरपालिका- १० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।

आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले‍ जानकारी दिए।

Ird

उनका अनुसार व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो।

HARDIK AGRo NEw

व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर- १० का अध्यक्षमा निर्वाचित भएका थिए।

गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उनी पराजित भएका थिए।

व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो। त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइला बाका छोरा) कर्मलाललाई हराएका थिए।

त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएका थिएनन्। २०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.