बोहरा मेडिको सेन्टर

२० जनाको नजर अध्यक्षको कुर्सीमा, कसको हातमा पुग्ला डडेल्धुरा अस्पतालको नेतृत्व ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समिति गठनको प्रक्रिया अघि बढेसँगै अध्यक्ष र सदस्य पदका लागि आकांक्षीहरूको संख्या उल्लेख्य देखिएको छ।

अध्यक्ष पदका लागि मात्रै २० जनाले आवेदन दिएका छन् भने सदस्य पदका लागि १४ जनाको आवेदन परेको छ।

CNA

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल विकास समिति गठनका लागि अध्यक्ष तथा सदस्य पदमा आवेदन आह्वान गरेपछि डडेल्धुरा अस्पतालका लागि ठूलो संख्यामा आवेदन परेको हो।

GBL NEW

मन्त्रालयले सार्वजनिक गरेको आवेदन विवरणमा अध्यक्ष र सदस्य पदका आकांक्षीहरूको नाम समावेश गरिएको छ।

अध्यक्ष पदका लागि रामदत्त जोशी, लोकराज भट्ट, कृष्णदत्त जोशी, जितराज भट्ट, लक्ष्मीप्रसाद भण्डारी, शंकरबहादुर बिक, तेजबहादुर भण्डारी, तेजराज भट्ट, दमन महता, सुरेशबहादुर थापा, छत्रराज जोशी, नवराज धिक्त, रामदत्त पन्त, यादवप्रसाद ओझा, लोकेन्द्रबहादुर ओझा, हरिप्रसाद उप्रेती, प्रकाश मडै, त्रिलोक्यनाथ पाण्डेय, एलिना गिरी र लक्ष्मण सिंहले आवेदन दिएका छन्।

त्यस्तै, सदस्य पदका लागि बिक्रम जैरु, लक्ष्मीकुमारी ऐर, जनकबहादुर मल्ल, अमृत बिष्ट, दिपकबहादुर ऐर, तिलकराज पाठक, नवराज धिक्त, प्रेमबहादुर साउद, बिक्रम मल्ल, शान्तिकुमारी बिष्ट, हरिबहादुर साउद, निरज सिजापती, इन्द्रकुमार माली र सुरत तमोलीले आवेदन दिएका छन्।

डडेल्धुरा अस्पताल विकास समितिमा एक अध्यक्ष, दुई पुरुष सदस्य र एक महिला सदस्य चयन हुनेछन्। यस हिसाबले अध्यक्ष पदमा २० जनाबीच प्रतिस्पर्धा देखिएको छ भने सदस्यका लागि परेको १४ आवेदनबाट चार जनालाई छनोट गरिनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.