बोहरा मेडिको सेन्टर

रसुवा बाढी पीडितलाई गन्यापधुराले दुई लाख सहयोग गर्ने

dream cafe
learnar

डडेल्धुरा : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गन्यापधुरा गाउँपालिका डडेल्धुराले दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बुधबार बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले राहत तथा उद्धार कार्यमा सहयोग गर्ने जनाएको हो।

CNA
GBL NEW

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाले नेपाल सरकारसँग हातेमालो गर्दै आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

गन्यापधुराबाट कामकाजको सिलसिलामा रसुवा पुगेका केही व्यक्ति हाल सम्पर्कविहीन रहेकाले उनीहरूको सकुशल उद्धारको कामनासमेत गाउँपालिकाले गरेको छ।

गाउँपालिकाले विपद्को समयमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आम नागरिक, उद्योगी, व्यवसायी, संघ–संस्था तथा सरोकारवालासँग अपिल गरेको छ।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.