डडेल्धुरामा संयुक्त बजार अनुगमन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा संयुक्त बजार अनुगमन टोलीले मेडिकल, क्लिनिक तथा होटल व्यवसायहरूको अनुगमन गरेको छ।

घरेलु तथा साना उद्योग विकास कार्यालय डडेल्धुराको आयोजनामा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सम्बन्धित निकायको सहभागितामा संयुक्त बजार अनुगमन गरिएको हो।

Arthik
खाद्य

अनुगमनका क्रममा जिल्लाका विभिन्न मेडिकल, क्लिनिक तथा होटलहरूको निरीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत चन्द्र रोकाया ले जानकारी दिए।

उनका अनुसार केही होटलमा सरसफाइको अवस्था सन्तोषजनक नरहेको, उपभोक्ताले स्पष्ट रूपमा देख्ने गरी मूल्यसूची (दरेरेट) नराखिएको तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने अवस्था देखिएको छ।

अनुगमन टोलीले व्यवसायीहरूलाई उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था पालना गर्न, खाद्य वस्तुको गुणस्तरमा ध्यान दिन, सरसफाइ कायम राख्न तथा अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिएको जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.