डडेल्धुरा महोत्सवको तयारी अन्तिम चरणमा, भोलि प्रदेश प्रमुख जोशीले उद्घाटन गर्ने

dream cafe
learnar

डडेल्धुरा :  ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ।

डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको महोत्सव भोलि (बिहीबार) बाट सुरु हुँदैछ।

Bohora madico
HARDIK AGRo NEw

महोत्सवको भोलि ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने संघका वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिए।

महोत्सव फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने भएको बताइएको छ।

महताका अनुसार, यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क हुने बताइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.