बैतडीमा कार्यरत स्वास्थ्य चाैकी इन्चार्जले सहकर्मीको टाउको फुटाले

dream cafe
learnar

डडेल्धुरा : बैतडीका एक स्वास्थ्य चौकी इन्चार्जले आफ्नै महिला सहकर्मीमाथि धनगढीमा कुटपिट गरेका छन्।

पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्य चौकीका इन्चार्ज सुमन लोहारले अनमी माया भट्टमाथि इट्टा प्रहार गरी घाइते बनाएका हुन्।

Ird

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रमा भएको उक्त घटनामा भट्टको टाउको र हातमा चोट लागेको छ।

स्थानीयवासीले कुटपिट भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमै पुगेको प्रहरीले लोहारलाई नियन्त्रणमा लिएको छ।

HARDIK AGRo NEw

प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले पीडित पक्षको निवेदनका आधारमा अनुसन्धान भइरहेको जानकारी दिए। हालसम्म किटानी जाहेरी दर्ता नभएको उनले बताए।

पीडित भट्टका अनुसार अर्का सहकर्मीसँग फोनमा कुराकानी गरेको विषयलाई लिएर विवाद सुरु भएको हो।

‘किन बोलेको’ भन्दै झगडा चर्किएको र नमानेपछि इट्टाले प्रहार गरेको उनले बताइन्।

भट्टले लोहारसँग करिब १५–१६ लाख रुपैयाँको आर्थिक लेनदेन विवादसमेत रहेको दाबी गरेकी छन्।

‘म पोखरा परीक्षा दिन जाने भन्दै धनगढी आएकी थिएँ। चौराहा नजिक दाँत बनाउने कामका लागि गएकी थिएँ। सुमनले लोगबहादुरसँग फोनमा किन बोलेको भन्दै झगडा सुरु गर्‍यो,’ उनले भनिन्, ‘त्यसपछि टेलिकम जान दबाब दियो, नमानेपछि इट्टाले टाउकामा प्रहार गर्‍यो।’

घाइते भट्टको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.