बोहरा मेडिको सेन्टर

तारा जोशीको जितपछि डडेल्धुरामा शेरबहादुरको होटलमा नास्ता फ्रि

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएपछि स्थानीय व्यवसायी शेरबहादुर मालीले खुसीयाली मनाउँदै नास्ता निःशुल्क गरेका छन्।

गन्यापधुरा गाउँपालिका–२ का माली बडालस्थित लालीगुँरास होटलका सञ्चालक हुन्।

CNA
GBL NEW

जोशीको विजयपछि उनले आफ्नो होटलमा आउने ग्राहकलाई नास्ता फ्रि गरेर खुसी साटेका हुन्।

हिजो सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी ७ हजार १० मतान्तरले विजयी भएका छन्।

उनले १९ हजार १३१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.