बोहरा मेडिको सेन्टर

प्रधानमन्त्रीको गृह जिल्लामा किचलो,

काग्रेस मिल्न पनि नसक्ने जित्न पनि नसक्ने

dream cafe
learnar

डडेल्धुरा ,नेपाली कांग्रेस केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टी भित्र किचलो रहेको छ । नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनमा देखिएको विवादको असर आसन्न स्थानीय तहको निर्वाचनमा समेत देखिन थालेको छ ।
डडेल्धुरामा सत्ता गठबन्धनले मित्रवत् प्रतिस्पर्धाका साथ चुनावी मैदानमा होमिने सहमति गरेपछि दलबीचको प्रतिस्पर्र्धा रोचक हुने अनुमान गरिएको छ । राजनीतिक दलको छुट्टा–छुट्टै उम्मेदवारी घोषणा मात्र होइन् । काँग्रेसभित्र देखिएको विवादले झन् यहाँको निर्वाचन रोचक हुने देखिएको छ । छैटौ जिल्ला अबिधेशनका सभापति तथा सुदुरपश्चिम प्रदेश सांसद कर्ण मल्ल समुहले विपि कांग्रेसबाट जिल्लाका ५२ वटै वडा र सात वटा पालिकामा उमेदवारी दिने तयारी गर्नु भएको छ । कांग्रेसको आन्तरिक किचलोका कारण सात वटा स्थानीय तह रहेको डडेल्धुरामा २०७४ कोे भन्दा कमजोर परिणाम आउने अनुमान गरिएको छ ।

GBL NEW

२०७४ मा काँग्रेसले ४ पालिका प्रमुख जितेको थियो । तर, यसपटक काँग्रेसलाई त्यो पनि जोगाउन हम्मेहम्मे परेको छ । एकलौट रूपमा देउवाले जिल्ला अधिवेशन गरेका कारण देउवासँग रूष्ट मल्लले समुहले ‘नेपाली काँग्रेस वीपी’ बाट जिल्लाका ५२ वटै वडामा चुनाव लड्ने तयारी पुरा गरि सकेको छ । अन्तिम समयसम्म देउवाको निर्णय पर्खिने, न्यायपुर्ण निर्णय नभए आफ्नो समुह चुनावमा होमिने मल्ल समुहको भनाई छ । नेपाली कांग्रेसमा नेता हरि प्रसाद भट्ट करुवा चिन्ह लिएर चुनावमा जाने बताउनुहुन्छ । हरहर हरी, घरघर हरी नारा लिएर भट्ट एक महिना अगाडी देखी अमरगढी नगरपालिकाका वस्तिवस्ती पुग्नु भएको छ । पार्टीले अन्याय गरेको बताउदै जनताबाट न्याय पाउने उहाँको भनाई छ । अमरगढी नगरपालिकाको मेयरमा उमेदवार रहेका भट्ट कुनैपनि हालतमा पछी नहट्ने बताउनुहुन्छ ।
२०७४ मा एमालले दुई र माओवादी केन्द्रले एक स्थानीय तहको प्रमुखमा जितेको थियो । एमाले फुटेर दुई भागमा विभाजन भइसकेको छ । जिल्लाका शिर्षस्त नेताले एमाले छोडेपछि यहाँका पालिकामा एमालेका उम्मेदवार पाउनै समस्या छ । तर, एमालले वीपी काँग्रेससँग गठबन्धन गरेर साख जोगाउन प्रयत्न गरिरहेको छ । जिल्लाको गृह नगर अमरगढी नगरपालिकामा नेकपा एमाले र विपि काग्रेस बिच तालमेल गर्नका लागी दुई चरणमा वार्ता भएपनि वार्ताबाट निस्कर्ष आउन सकेन । एमाले कमजोर रहेको बताउदै विपि काग्रेसले अमरगढी नगरपालिकामा तालमेल नगरकोे विपि काग्रेस स्रोतले जानकारी दिएको छ । नेकपा एकालेका नेता तथा अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझाका अनुसार एमालेले प्रमुख पद पाए मात्रै विपि काग्रेससंग तालमेल हुने बताउनुभयो । हामीले २०७४ मा नै पालिका प्रमुख उपप्रमुख सहित बहुमत वडा जितेका हौ, एमाले एक्लै चुनाव लड्छ, ओझाले भन्नुभयो ।

CNA

काँग्रेस फुट हुनुको फाइदा माओवादी र समाजवादीलाई छ । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष मान सिंह मालले काग्रेसको अस्पष्ट निर्णयलाई नपर्खिने बताउनुभयो । कांग्रेस आफु नमिल्ने माओवादीलाई अल्झ्याउने काम मात्रै गर्ने भएकाले हामी एकल रुपमा चुनावमा जाने तयारीमा छौ, मालले भन्नुभयोे, आवश्यकता अनुसार केही ठाँउमा गठबन्धन हुन सक्छ तर कांग्रेसको विश्वास घट्दै गएको छ ।
नेकपा एकिकृत समाजवादी नवदुर्गा गाउँपालिकामा एकल रुपमा चुनाव आफ्नो हात पार्ने दाउमा छ । ठुला दलले गठबन्धनको निहुँमा भागवण्डामा किचलो गर्न थालेपछि समाजवादी एकल रुपमा चुनावका लागी अभ्यास गरि रहेको छ । काग्रेस र माओवादीले स्पष्ट खाका दिन नसकेपछि आफुहरुले सात वटै पालिका र वडाहरुमा उमेदवारको टुंगोमा नपुगेको नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नर बहादुर बिष्टले बताउनुभयो । हामी केन्द्रिय कमिटीले गरेको निर्णयको आधारमा पाच दलिय गठबन्धनको कोर्षमा छौ, बिष्टले भन्नुभयोे, मित्रवत प्रतिस्पर्धामा नै गएपनि हामी दुई पालिका जित्छौ ।
गठबन्धन बाहिर रहेर काग्रेस एक्लै चुनावमा गए दुई तह मात्रै जित हात पार्ने आकलन गरिएको छ । काग्रेसले ५र माओवादीले ३ पालिकाको दावी राख्नु गठबन्धनको प्रमुख समस्या रहेको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.