उनेपाको डडेल्धुरा जिल्ला कमिटी रास्वपामा समाहित

dream cafe
learnar

डडेल्धुरा : उज्यालो नेपाल पार्टी (उनेपा) डडेल्धुरा जिल्ला कमिटी राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएको छ।

अजयमेरु फाैजी केरा

उनेपा डडेल्धुरा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा रास्वपामा समाहित हुने निर्णय गरेका हुन्।

Amargadhi Education

उनेपा र रास्वपाबीच एकता भएपछि कुलमान घिसिङको निर्णयका कारण एकता भङ्ग भएको थियो। त्यसपछि उनेपाका दोस्रो वरियताका नेता डा. ताराप्रसाद जोशी रास्वपामै सक्रिय रहँदै आएका थिए।

डा. जोशी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपा डडेल्धुराबाट उम्मेदवार बनेका छन्। उनेपाको जिल्ला कमिटी रास्वपामा समाहित भएपछि जोशीको उम्मेदवारीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.