डडेल्धुरामा विद्यार्थी लक्षित डिजिटल सुरक्षा तथा कानुनी साक्षरता तालिम 

dream cafe
learnar

डडेल्धुरा : आलिताल गाउँपालिकास् दुर्गा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का करिब १०० विद्यार्थीलाई लक्षित गरी डिजिटल सुरक्षा तथा कानुनी साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ।

आलिताल गाउँपालिका वडा नं. ८ को आर्थिक सहयोग तथा रगुंन मिडिया हाउसको आयोजनामा भएको तालिम डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै देखिएका जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

Amargadhi Education

तालिममा विद्यार्थीहरूलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग, इन्टरनेट प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, डिजिटल माध्यमका फाइदा र बेफाइदा, साइबर अपराध, फेक आईडी, अनलाइन ठगी, व्यक्तिगत सूचना तथा फोटोको दुरुपयोग, पासवर्ड सुरक्षा र डिजिटल फुटप्रिन्ट लगायतका विषयमा व्यवहारिक उदाहरणसहित जानकारी गराइएको थियो।

साथै, कानुनी साक्षरतासम्बन्धी जानकारी पनि दिइएको थियो। आलिताल गाउँपालिकाका सूचना अधिकारी नवराज ओझाले साइबर अपराधसँग सम्बन्धित कानुनी व्यवस्था, पीडितले पाउन सक्ने कानुनी सहायता, उजुरी दिने प्रक्रिया तथा स्थानीय तहबाट सहयोग कसरी लिन सकिन्छ भन्नेबारे स्पष्ट जानकारी दिएका थिए।

उनले डिजिटल माध्यमको दुरुपयोग हुँदा डराउनुपर्ने अवस्था नरहेको र कानुनले नागरिकको संरक्षण गर्ने व्यवस्था गरेको बताए।  कार्यक्रममा बोल्दै वडा नं ८ का अध्यक्ष देउवाले वर्तमान समय पूर्ण रूपमा डिजिटल युग भएको भन्दै, विद्यार्थीहरूलाई डिजिटल प्रविधि र प्लेटफर्मको सही ज्ञान दिन आवश्यक रहेको बताए।

अजयमेरु फाैजी केरा

उनले डिजिटल माध्यमको गलत प्रयोगका कारण समाजमा बढ्दै गरेका अपराध र समस्या उदाहरणसहित प्रस्तुत गर्दै, विद्यार्थीहरूलाई जिम्मेवार डिजिटल प्रयोगकर्ता बन्न आग्रह गरे।

तालिमका प्रशिक्षक  शेरबहादुर भण्डारी र भक्तबहादुर गाहाले डिजिटल सुरक्षाको महत्वबारे प्रकाश पार्दै व्यक्तिगत गोपनीयता सुरक्षित राख्ने तरिका, अनजान लिंक र म्यासेजबाट जोगिने उपाय तथा साइबर बुलिङबाट बच्ने उपायहरूको व्यावहारिक जानकारी दिएका थिए।

तालिममा सहभागी विद्यार्थीहरूले डिजिटल सुरक्षा र कानुनी ज्ञान दुवैमा नयाँ कुरा सिकेको प्रतिक्रिया दिएका छन्। उनीहरूले अब सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोग गर्दा थप सतर्क हुने प्रतिवद्धता व्यक्त गरे।

आयोजक रगुंन मिडिया हाउसले आगामी दिनमा पनि विद्यार्थी, अभिभावक तथा समुदायलाई लक्षित गरी डिजिटल साक्षरता, डिजिटल सुरक्षा र कानुनी सचेतना सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.