बोहरा मेडिको सेन्टर

डडेल्धुराबाट शेरबहादुर चुनाव नलड्ने, को छन् आकांक्षी ?

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले भाग नलिने जानकारी दिएका हुन्।

GBL NEW
CNA

देउवाले चुनाव लड्न डडेल्धुराबाट टिकट माग गरे पनि कांग्रेसले टिकट दिएको थिएन।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ (आज)गते मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

डडेल्धुराबाट देउवा नलड्ने भएपछि नैनसिंह महर, भानु देउवा र गोविन्दराज बोहरा आकांक्षी देखिएको स्रोतले बतायो।

Ddl dental
Leave A Reply

Your email address will not be published.